Home  |  Faqs  |  Photo Gallery  |  Who is Who  |  Links  | Contact Us


English  |  नेपाली   
गृहपृष्ठ » हाम्रो बारेमा
हाम्रा बारेमा

नेपाल स्वास्थ्यको लागि पानी (नेवा) खानेपानी र स्वास्थ्य तथा सरसफाइ प्रवर्धनका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था हो । वि‌‌.सं. २०४९ मा स्थापित यो संस्थाले विपन्न समुदायहरुलाई खानेपानी र सरसफाइका आधारभूत सेवा सुनिश्‍चत गर्नका लागि स्थानीय गैससहरुसँगको साझेदारीमा काम गर्दछ । यसका साथै साझेदार संस्थाहरुलाई विकासका अन्य गतिविधि सञ्चालन गर्न सक्षम बनाउनका लागि उनीहरुको क्षमता अभिवृद्धिका लागि सहयोग गर्दछ । नेवाको एक सात सदस्यीय कार्यकारी समिति छ र यो संस्था समाज कल्याण परिषद्‍सँग आबद्ध छ । नेवा जिल्ला प्रशासन कार्यालयमा दर्ता छ ।

नेवाले विराटनगर, भरतपुर, नेपालगञ्‍ज र धनगढीमा रहेका आफ्ना क्षेत्रीय कार्यालयहरु मार्फत् कार्यक्रम सञ्चालन गर्दछ । प्रत्येक वर्ष नेवाले देशका विभिन्न स्थानमा करिव ६० वटा समुदायमा आधारित खानेपानी, स्वास्थ्य र सरसफाइ कार्यक्रम सञ्चालनका लाग साझेदार संस्थाहरुलाई आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउँछ । ालसम्ममा नेवाले ४ सय ६५ स्थानीय साझेदार संस्थाहरुसँगको सहकार्यमा ९ सय ४० वटा आयोजनाबाट नेपालका ५० वटा जिल्लाका ९ लाख ७० हजार २ सय ४९ जनसंख्यालाई सेवा पुर्‍याइसकेको छ । (२०६४ असार मसान्तसम्ममा) कृपया विस्तृत विवरणका लागि यहाँ थिच्नुहोस्

सामाजिक समावेशीकरण र समतालाई नेवाले आफ्ना कार्यक्रमहरुमा आत्मसात गरेको छ । यद्यपि नेवाका अधिकांश कार्यक्रमहरु ग्रामीण क्षेत्रमा सञ्चालन हुने गरे पनि शहरी क्षेत्रमा बसोबास गर्ने विपन्नहरुको बढ्दो अनुपातलाई दृष्टिगत गरी नेवाले उनीहरुको समस्या समाधानतर्फ पनि चासो देखाएको छ । नेवा अनुभवहरुबाट सिक्ने संस्था भएकाले कुहिरोबाट पानी संकलन, वर्षाको पानी संकलन, समुदायको अगुवाइमा सञ्चालित पूर्ण सरसफाइ कार्यक्रम, विद्यालयको अगुवाइमा सञ्चालित पूर्ण सरसफाइ कार्यक्रम, सरसफाइ प्रवर्धन केन्द्रजस्ता खानेपानी तथा सरसफाइ क्षेत्रका नयाँ अनुभव तथा सिकाइहरुलाई अवलम्बन गर्दै आएको छ ।

 

Latest Updates

» View All