गृहपृष्ठ  |  प्राय सोधिने प्रश्नहरु  |  तस्विर संग्रहालय  |  कर्मचारी परिचय  | लिंकहरु  | सम्पर्क   


English  |  नेपाली   
ताजा खबर

सञ्चारकर्मीहरु WASH राष्ट्रिय सञ्चार पुरस्कार २०६६ बाट सम्मानित2009-12-01

खानेपानी तथा सरसफाइ साझेदारी परिषद (WSSCC) को नेपाल शाखा "नेपाल WASH समूह" द्बारा आह्‍वान गरिएको "WASH राष्ट्रिय सञ्चार पुरस्कार २०६६" का विजयी सञ्चारकर्मीहरुलाई यही २०६६ मंसिर १२ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा पुरस्कृत गरियो । आम सञ्चार माध्यममा सरसफाइसँग सम्बन्धित उत्कृष्ट सामग्री प्रकाशित/प्रसारित गर्ने सञ्चारकर्मीहरुका लागि आह्‍वान गरिएको यस प्रतियोगितामा पूर्वाञ्चलबाट नेपाल समाचारपत्रका गोपालचन्द्र राई, मध्यमाञ्चलबाट कान्तिपुर टेलिभिजनका रमा दाहाल, पश्चिमाञ्चलबाट अन्नपू‌र्ण दैनिकका शिव अप्रिय, मध्य पश्चिमाञ्चलबाट नागरिक दैनिकका कलेन्द्र सेजवाल, सुदूर पश्‍चिमाञ्चलबाट सुदूर सन्देश दैनिकका शिवराज खत्री र राजधानीबाट नागरिक दैनिकका दीपक दाहाल उत्कृष्ट घोषित हुनुभएको छ । यस प्रतियोगितामा अन्नपूर्ण पोष्टका रुकुम संवाददाता शक्तिकुमार पुन र रेडियो नेपालका चन्द्र बानियाँले प्रोत्साहन पुरस्कार प्राप्त गर्नु भएको छ । उत्कृष्ट पुरस्कारको राशि नगद सात हजार पाँच सय रुपैयाँ र प्रोत्साहन पुरस्कारको राशि नगद तीन हजार पाँच सय रुपैयाँ रहेको थियो ।


Download file for more information: WASH Media Award in Nepali.pdf


ताजा खबर