 |
 |
ताजा खबर

प्रतियोगितात्मक घटना अध्ययन लेखनमा नेवाका कर्मचारी पुरस्कृत — 2009-12-28
अन्तर्राष्ट्रिय सरसफाइ वर्ष २००८ का अवसरमा वाटरएड नेपालद्बारा आयोजना गरिएको घटना अध्ययन लेखन प्रतियोगितामा भरतप्रसाद भट्टद्बारा लिखित "मुनालटोलबाट सिकौं" शीर्षकको घटना अध्ययन सर्वोत्कृष्ट घोषित भएको छ । हाल नेपाल स्वास्थ्यको लागि पानी (नेवा), मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, नेपालगञ्जमा कार्यरत भट्टले घटना अध्ययनमा मोरङ जिल्लाको उर्लाबारी गाविसको मुनालटोलमा सरसफाइको अवस्थामा आएको सुधारले सम्पूर्ण गाउँमै आएको परिवर्तनको चित्रण गर्नुभएको थियो ।
यस प्रतियोगितामा चितवनका भवानीप्रसाद शर्माले "सिद्धार्थ गाउँको शक्ति" घटना अध्ययनका लागि द्बितीय र चितवनकै श्रीरेन्द्रप्रकाश पोखरेलले "सरसफाइबाट पर्यटनतिर" घटना अध्ययनका लागि तृतीय पुरस्कार पाउनु भएको छ । पुरस्कृत घटना अध्ययनहरूसँग सम्बन्धित समुदायहरूलाई पनि पुरस्कृत गरिएको थियो । (विस्तृत विवरणका लागि तल दिइएको लिंक थिच्नुहोला)
|
|
 |
 |
|
ताजा खबर
|
 |
|
|