|
प्राय सोधिने प्रश्नहरु
१. नेपाल स्वास्थ्यको लागि पानी (नेवा) को स्थापना कहिले, कुन कानुनी हैसियतमा भएको हो ?
नेपाल स्वास्थ्यको लागि पानी (नेवा) को स्थापना वि.सं. २०४९ साउन १५ गते गैरसररकारी संस्थाका रुपमा भएको हो। यो संस्था समाज कल्याण परिषद्सँग आबद्ध छ।
२. यो संस्था स्थापनाको मूल अभिप्राय के हो ?
पिछडिएका नेपाली समुदायलाई स्वच्छ खानेपानी, स्वास्थ्य तथा सरसफाइका आधारभूत सुविधा उपलब्ध गराउने ध्येयका साथ यो संस्थाको स्थापना भएको हो। यस संस्थाले समुदायमा समावेशी पद्धतिअनुरुप खानेपानी, स्वास्थ्य र सरसफाइ सुविधालाई एकीकृत कार्यक्रमको माध्यमद्वारा उपलब्ध गराउने कार्य गर्दै आएको छ।
३. हालसम्म यस संस्थाले कति जनतालाई सेवा उपलब्ध गराएको छ ?
हालसम्म यस संस्थाले विभिन्न ५१ जिल्लाका १० लाख ८३ हजार भन्दा बढी जनतालाई खानेपानी, तथा सरसफाइको सुविधा उपलब्ध गराइसकेको छ।
४. के यो संस्थाले देशका विभिन्न ठाउँमा केन्द्रीय तहबाटै कार्यक्रम सञ्चालन तथा अनुगमन गर्ने गर्दछ।
हैन। कार्यक्रम सञ्चालन, समन्वय तथा अनुगमनका लागि नेपालगञ्ज, भरतपुर र विराटनगरमा नेवाका क्षेत्रीय कार्यालयहरु छन्। क्षेत्रीय कार्यालयहरुको ठेगानाका लागि यहाँ थिच्नुहोस्।
|